शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीको दाबी

२०८१ चैत्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरिरहेको ठाउँमा ढलेका एक युवक प्रदर्शनकारी नभएको खुलेको छ ।

प्रदर्शन भइरहेको ठाउँमा एक पुरुष बेहोस भएर ढलेका थिए । शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीले जनाएको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । प्रदर्शकारी नियन्त्रणका क्रममा ती व्यक्तिमाथि केही नगरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय