काठमाडौं, १५ चैत । राजधानीमा आज भएको राजावादी हिंसात्मक प्रदर्शनपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न जो सुकैलाई ठाउँको ठाउँ गोली हान्न आदेश दिएको छ । किलो वन भनी चिनिने काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले मातहतका युनिटलाई त्यस्ता कार्यमा संलग्नलाई ठाउँको ठाउँ घुँडामुनि गोली हान्न आदेश दिएका हुन् ।
प्रहरीको सञ्चार सेटमा अधिकारीले भर्खरै जिल्लाभरका प्रहरी अधिकृतलाई अंग्रेजीमा घुँडामुनी गोली हान्ने अनुमति प्राप्त भैसकेको सूचना रिले गरेका छन् । राजावादीहरुले आज कोटेश्वर, तीनकुने,सिनामंगल क्षेत्रमा लुटपाट, आगजनी र तोडफोड गरेका छन् ।