पूजा खड्का
स्याङ्जा,१५ चैत । पुतलीबजार नगरपालिका वडा नंवर १ मा रहेको आमा मिलन केन्द्रले सिप विकास कार्यक्रम अन्तर्गत मादल बजाउने ७ दिने तालिमको शुक्रबार उद्घाटन गरेको छ।
पुतलीबजार नगरपालिकामा रहेको आमा मिलन केन्द्रले महिलाहरुलाई विविध शिक्षा र स्वास्थ्य सम्बन्धी सचेतना र सिपमुलक कार्यक्रम ल्याउँदै अहिले मादल बजाउन सिकाउने तालिमको आयोजना गरेको छ। कार्यक्रम पुतलीबजार नगरपालिका वडा नंवर १ को आर्थिक सहयोगमा आमा मिलन केन्द्रको आयोजनामा सुरुवात भएको हो। कार्यक्रम चैत्र १५ बाट २१ सम्म सञ्चालन मा रहने आमा मिलन केन्द्रकी अध्यक्ष सुनिता पौंडेल गौतमले जानकारी दिनुभयो।
कार्यक्रम पुतलीबजार नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम मा बोल्दै उहाले सिकेको सीप कहीं न कहीं प्रयोग हुने जनाउँदै ऐप सिक्न आवश्यक रहेको बताउनुभयो । उहाले मादल बजाउन सिकाउने तालिम पनि समाज मा आवश्यक रहेको उल्लेख गर्दै कहिले काही भजन गीत गाउँदा बजाउन आवश्यक रहने र अरु व्यक्ति कुरेर खोजेर बस्दा समस्या उत्पन्न नहुने बताउँदै आमा समुह को लागि गीत प्रतियोगिता हुँदा रत्यौली खेल्दा बजाएर रमाइलो गर्न सहज हुने बताउनुभयो। त्यसै ले मादल बजाउन सिक्दा पनि धेरै सहजता हुने र सीप सिक्दा फाइदा हुने उल्लेख गर्नुभयो।
कार्यक्रम दुई दुई घण्टा दुई सिफ्ट मा बिहान १० बजे देखि १२ बजेसम्म एक सिफ्ट र दिउँसो ३ बजे देखि ५ बजेसम्म दोस्रो सिफ्ट गरी एक सिफ्ट मा ३० जना सदस्य संख्या निर्धारण गरी ६० जनालाई मादल बजाउन सिकाउने तालिम को सुरुवात गरेको छ। आमा मिलन केन्द्रको स्थापना २०५२ सालमा भएको हो भने संस्थापक अध्यक्ष इन्दिरा पौडेल रहनुभएको थियो। ललितपुर केंद्र रहेको आमा मिलन केन्द्र छ जिल्ला मा रहेको छ भने स्याङ्जा एक शाखा को रुपमा रहेको छ भने यस संस्था कों शाखा पोखरामा पनि रहेको छ।
कार्यक्रम प्रशिक्षक को रुपमा दुईजना विजय घताने र विनोद घतामे रहनुभएको छ। मादल सहभागी आफैले व्यवस्था गर्नुभएको छ। कार्यक्रम मा आमा मिलन केन्द्रकी अध्यक्ष सुनिता पौडेल गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम को सञ्चालन संस्थाको सह सचिव देवी अधिकारीले गर्नुभएको थियो। कार्यक्रम संस्था का पदाधिकारी सदस्य लगायत सिक्न आउने प्रशिक्षार्थी को।उल्लेखनीय सहभागिताको रहेको थियो।
कार्यक्रमको समापनमा आमा मिलन केन्द्रकी अध्यक्ष सुनिता पौडेल गौतमले सुरुवातको समय शिक्षा दिक्षा मा कमजोरी भएको हुँदा शिक्षा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम ल्याएर संस्थामा सचेतना र सिपमुलक कार्यक्रम दिएको बताउनुभयो । उहाले शिक्षित भएसँगै केही समय शिक्षा सम्बन्धी कार्यक्रम नगरेपनि संस्थाको उद्देश्य अनुरुप महत्व र आवश्यकता हेरिकन सिपमुलक कार्यकम स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो। उहाले महिला हरु विवाह व्रतबन्ध जस्ता विविध कार्यक्रम मा मनोरञ्जन गर्नको लागि भजन रत्यौली गाउने तीज गीत गाएर रमाइलो गर्दा मादल बजाउन सिक्दा बाहिरी मान्छे खोज्न समय कुर्न आवश्यक नहुने बताउनु भयो। उहाले संस्थाको उद्धेश्य अनुरुप ध्यान दिएर सिक्यो भने पछि आफूहरु पनि प्रशिक्षक भएर अघि बढ्न सकिने बताउनुभयो। उहाले समय र अवसरको सदुपयोग गर्दै अघि बढ्न आवश्यक रहेको हुँदा संस्थाको उद्धेश्य अनुरुप अघि बढ्न अनुरोध गर्दै मादल बजाउन सक्षम रहेर अघि बढ्न सुझाव गर्दै निरन्तरको लागि शुभकामना दिनुभएको थियो।