भिरकोटको वडा नम्बर ३ मा ग्रामीण सडक स्तरोन्नति कार्यक्रम

२०८१ चैत्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा, १८ चैत । भिरकोट नगरपालिका वडा नम्बर ३ को गुमार्दीमा स्यानिचौर कोलबोट ग्रामीण सडक स्तरोन्नति योजना अन्तर्गत घुम्तीमा सडक निर्माण कार्य सम्पन्न भएको छ।
स्यानीचौर कोलबोट ग्रामीण सडक स्तरोन्नति अन्तरगत इन्द्र बहादुर मास्कीको अध्यक्षतामा बाटो ढलान कार्य सम्पन्न भएको टोल वरिष्ठ मिन बहादुर खड्काले जानकारी दिनुभयो।

उहाले पुसमा नै सडक निर्माणको लागि योजना सम्झौता गरेको भए पनि चैत्रमा ढलान कार्यले पूर्णता पाएको खड्काले बताउनुभयो। सडक स्तरोन्नति अन्तर्गत ४३ मीटर लम्बाई तीन मित्र चौडाई को लागि सम्झौता गरेको भए पनि ४५ मीटर लम्बाई र ४ मिटर भन्दा बढी चौडाई भएको खड्काले जानकारी दिनुभयो। तीन लाखको बजेट मा स्थानिय श्रमदान को सहयोग बाट उक्त कार्य सम्पन्न गरिएको सडक निर्माण का अध्यक्ष इन्द्र बहादुर मास्की ल बताउनुभयो।

मास्कीले कार्यक्रमको लागि नगरले तोके बमोजिम को आबस्यक सामग्री जुटाएर दक्ष जनशक्ति जुटाई कार्य सम्पन्न गरिएको र इन्जिनियरले यस माथि अनुगमन र निरीक्षण समेत गरिसकेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय