आगो निभाउने क्रममा लडेर पाल्पामा एकको मृत्यु

२०८१ चैत्र २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,२२ चैत । पाल्पाको रिब्दिकोट गाउपालिका पालुङ कोर्तुङ स्थित सामुदायिक बनमा आगो निभ्याउने क्रममा भिरबाट लडेर जलेर एक जनाकाे मृत्यु भएको छ । बिहिबार अन्दाजी ७ बजे आगो निभ्याउदा भिरवाट लडेर जलेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रिब्दिकोट गाउपालिका बस्ने ६१ बर्षका टेक बहादुर सर्तुङ्गे भिरवाट लडेर आगोले जलेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय