पूजा खड्का
स्याङ्जा, २४ चैत्र । भिरकोट नगरपालिका वडा नम्बर ३ को मुल्का बाराहीमा चैते दशैंको अवसर पारेर अष्टमी तिथिमा बाजा गाजा र भजन किर्तन सहित पूजा सहित कार्यक्रम भव्य रुपमा शनिबार सम्पन्न भएको छ। एतिहासिक धार्मिक पर्यटकीय स्थलको प्रसस्त सम्भावना बोकेको मुलका बाराही मन्दिर मा वली सहितको पूजा धुमधामसंग गरिन्छ भने ज्याग्दी खोलाको शिरको रुपमा समेत यस स्थानलाइ लिइन्छ ।
कार्यक्रम गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले कार्यक्रममा बोल्दै मुल्का बाराही धार्मिक एतिहासिक महत्व बोकेको रमणिय स्थलको रुपमा वर्णन गर्दै यसलाई पुनर्संरचना गर्दै वास्तुकला सहितको आधुनिक शैलीमा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । यसको समृद्धिको लागि नगरपालिकाले गुरु योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउदै एतिहासिक पर्यटकिय स्थलको रुपमा अघि लैजान आफ्नो सहयोग र पहल रहने बताउनुभयो।
त्यसैगरी विशिष्ट अतिथि भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले एतिहासिक र धार्मिक महत्व बोकेको मुल्का बाराही लाई गुरुयोजना बनाएर अघि बढ्न नगर तयार रहेको जानकारी गराउनुभयो । उहाँले छायाक्षेत्र जत्तिकै एतिहासिक पर्यटकिय सम्भावना बोकेको यस क्षेत्रमा प्रचार प्रसार गर्दै विकासको लागि नेतृत्व गर्न तयार रहेको जानकारी गराउनुभयो।
मूलका बाराहीमा सुरुवातको समयमा एक व्यक्ति पशु चरणमा जादा त्यहा काँप्ने समस्या भइ सोधपुछ गर्दा आफू बाराही भएको र त्यहा वरपर फोहर गर्न नहुने पूजा आजा गरेर चोखो निष्ठा बनाउनुपर्ने भनेर बराहको सेवा गर्नुपर्ने बताए सँगै त्यही अनुसार पूजा गर्दा काँपेको व्यक्तिलाई समस्या नभएको र त्यही समय देखि त्यहा पूजा आजा गर्ने प्रचलनको सुरुवात भएको किंबदन्ती रहेको छ । जसका कारण चैत्र दशैंको अष्टमी तिथिमा धुमधामका साथ पूजा गर्ने रमाइलो गर्ने प्रचलन हाल सम्म कायम रहेको छ । सधैं चैते दशैंको अष्टमी तिथिमा पूजा आजा गर्ने गरिएको भए पनि बीचको केही वर्ष युवाहरु बीच लडाई झगडा हुने अशान्ति हुने कारण रोकिएको र हालमा केही वर्ष अघि देखि फेरि सञ्चालन गर्दै कार्यक्रम लाई निरन्तरता दिइएको मुल्का बाराही समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रकाश खत्रीले जानकारी दिनु भयो । उहाँले विशेष गरी बच्चाहरुको बोल्न नसकेको बोली लतर पतर भएको अवस्थामा भाकल गर्ने र भाकल गरे बमोजिम पूरा भएमा भाकल पूजा गर्ने को भीड लाग्ने बताउनुभयो । उहाँले स्थानीयको सहयोगमा मन्दिरमा आवश्यक केही सामग्री गौमुखे १०८ धारा, घण्टी बत्ती बाल्नको लागि पालाको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले सहजताको लागि स्थानियहरुको आर्थिक संकलन गरी केही काम गरेर सहजता गरिएको तर समृद्धि र पर्यटकीय आकर्षण बढाउनको लागी धेरै काम गर्न बाकी रहेको हेर्नेकुरा डट कम लाई जानकारी दिनुभयो ।
मूल्का बाराही समितिका अध्यक्ष अम्मर बहादुर रानाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा भिरकोट उपप्रमुख भगवती रेग्मी अर्याल, पूर्ब उपप्रमुख सीमा कर्माचार्य, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसि, वडा नंवर ३ का वडाध्यक्ष केशर बहादुर खड्का, वडा नंवर ७ का वडा अध्यक्ष तारा प्रसाद अर्याल, वडा नम्बर ८ का वडा अध्यक्ष नन्द लाल खनाल, भिरकोट नगरपालिका नेपाली कांग्रेसका सभापति यामप्रसाद (लक्ष्मण) अधिकारी, भिरकोट नगर एमालेका अध्यक्ष हर्क गुरुङ्ग, श्री शहीद शुक्र माबि का प्र अ चोलाकान्त काफ्ले, विष्णु काफ्ले, विजय काफ्ले, आमा समुहहरु, शिक्षक विद्यार्थी लगायत स्थानिय स्तरमा रहनुभएका हिन्दू धर्मावलम्बीहरू छरछिमेक बाट पूजा गर्न आउनुभएका व्यक्तिहरू लगायत विविध पदमा रहनुभएका पदाधिकारीहरु बौद्धिक व्यक्तित्वहरू सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।