कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड विरुवाको छैठौं बार्षिक साधारण सभा सम्पन्न

२०८१ चैत्र २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ चैत । विरुवा गाउँपालिका वडा नम्बर १ मा २०७५ सालमा स्थापना भएको कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रम समाज कल्याण आमा समुहको भवनमा भएको हाे ।

कार्यक्रम विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उहाले कार्यक्रममा बोल्दै कृषि तथा पशु पालन सहकारीले कृषिमा जोड दिन आवश्यक रहेको विषयमा जोड दिनुभएको थियो। त्यसै गरी उहाले बाझो रहेका खेती योग्य जमीनमा कृषि गर्न अनुरोध गर्दै बजारीकरणको लागि उत्पादित वस्तु आफूहरुले खरिद गरी बिक्री वितरणमा सहजीकरण गर्ने बताउनुभयो।

त्यसैगरी विरुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले विरुवामा खेतीयोग्य जमीन धेरै भएको र यसको सदुपयोग को लागि सहकारीले जोड गर्नुपर्ने बताउनुभयो। खेतबारी बाझो नराखी काम गर्दा उत्पादनमा वृद्धि हुने बताउँदै र यसको लागि आवश्यक सहयोग र पहल वडाले पनि गर्ने बताउनुभयो।

कृषि तथा पशुपालन सहकारीको संस्थापक अध्यक्ष दूर्ग बहादुर रायमाझी क्षेत्री रहनुभएको उक्त संस्थाको अध्यक्ष लाल बहादुर हमाल रहनुभएको उक्त कार्यक्रमको सञ्चालन विरुवा गाउँपालिकाका पूर्व वडा अध्यक्ष युवराज केसी ले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा कार्यविस्तार, बचत तथा ऋण नीति ,आर्थिक नीति,नगद परिचालन नीति संगठनात्मक नीति विषयमा छलफल भएका थिए भने सहकारीमा हरिनास गाउँपालिका २ र भिरकोट नगरपालिका ३ लाई समेट्ने निर्णय भएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्य पाल सिंह विक, गाउँपालिका कृषि प्राविधिक चेतना केसि, सहकारीमा जोडिएका सदस्यहरु कृषि तथा पशुपालनमा चासो राख्ने व्यक्तित्वहरू लगायत को उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक युवराज केसीले पशु बिमा बाली बिमा समुह बनाउने अभियान र दूध संकलन गर्ने जस्ता विविध विषयमा जानकारी गराउनुभएको थियो। त्यसै गरी कार्यक्रममा कृषि सम्बन्धी महोत्सव राख्ने भावि योजना तय गर्दै कसरी कृषि तथा पशुपालन लाई व्यवस्थित बनाएर अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय