आज काठमाडौं वायु प्रदूषणको दोस्रो नम्बरमा

२०८१ चैत्र २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २५ चैत । आज  काठमाडौं उपत्यका  विश्वको दोस्रो नम्बरमा वायु प्रदूषण  शहर रहेको छ । आईक्यू एयरको तथ्यांक अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ ।

पहिलो नम्बरमा भने भारत दिल्ली रहेको छ । त्यहाँको एक्युआई ३२३ छ ।

लामो समयदेखि पानी नपर्दा र वन जंगलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या भैरहेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार