बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ : अध्यक्ष लिङ्देन

२०८१ चैत्र २६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२६ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिनुभएकाे छ ।

मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिनुभएकाे हाे ।

‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भन्नुभयाे, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार