काठमाडौंकाे मन्दिरमा छु भनेर सरकारलाई मुर्गा बनाएका दुर्गा भारतबाट पक्राउ

२०८१ चैत्र २९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२९ चैत ।  तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईँलाई झापाको भद्रपुरबाट पक्राउ गरि आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । त्यसअघि भद्रपुरबाट काठमाडौं ल्याउने क्रममा प्रसाईँले आफ्नो लडाइ तस्करबिरुद्धको भएकाले आफु नआतिएको बताउनुभयो । उहाले आफै गिरफ्तारी दिएको बताउनुभयो । प्रहरीले प्रसाईँका साथै उनका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जनाएको छ ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय