पूजा खड्का
स्याङ्जा, २९ चैत । आमा मिलन केन्द्रको स्याङ्जा जिल्ला संस्थापक अध्यक्ष बनेकी इन्दिरा पौडेल गैर सरकारी महासंघ कास्की जिल्लामा सर्वसम्मतले अध्यक्षमा निर्वाचित हुनु भएको छ।
उहाले सर्वप्रथम आमा मिलन केन्द्र मा आबद्द भएर महिला समूहको सचेतना मुलक सीप मुलक कार्यक्रममा जोड दिँदै अघि बढ्नु भएको थियो। अहिले पनि महिलाका हक हित का लागि सचेतना का साथमा सिपमुलक कार्यक्रममा जोड दिँदै अघि बढ्नु भएको आमा मिलन केन्द्रकी अध्यक्ष सुनिता पौडेलले जानकारी दिनुभयो।
महिला हरु सक्षम रहनको लागि सचेतना आवश्यक पर्छ भन्दै आमा मिलन केन्द्र को संस्थापक भएर महिला का आवश्यक स्वास्थ्य शिक्षा सीप मुलक कार्यक्रम ल्याएर महिला हरुलाई सक्रिय बनाउने भूमिका खेल्दै आउनु भएको पौडेल आफ्नो बसाई पोखरा मा रहँदै गर्दा पनि विविध संस्थामा आबद्ध भई महिलाको स्वास्थ्य शिक्षा हक हित सुरक्षा को लागि सहकार्य गर्दै अघि बढ्दै गैर सरकारी महासंघ को अध्यक्ष बन्नु गर्वको विषय रहेको आमा मिलन केन्द्रकी वर्तमान अध्यक्ष सुनिता पौडेल ले हेर्नेकुरा डटकम लाइ जानकारी दिनुभयो।
२०५२ सालमा महिला दिदीबहिनी हरु का हक हित सुरक्षा को आबस्यक महसुस गर्दै महिला मा देखिएका विविध समस्या न्यूनीकरण गर्दै सचेतना फैलाउन उद्देश्य सहित अघि बढ्नु भै संस्थाको उद्देश्य बमोजिम संस्थालाई जोड दिनुभएको र त्यस पछि पनि सामाजिक काममा निरन्तर लागि पर्दै संघर्स गर्दै अघि बढ्नु भएको भन्दै आमा मिलन केन्द्रकी वर्तमान अध्यक्ष पौडेल ले बताउनुभयो। त्यसै गरी उहाले संस्थाको बिकास गर्दै समाजसेवा गर्दै सहकारी ,एम्बुलेन्स सेवा पनि आमा मिलन केन्द्र पोखराले संचालन गरेको जानकारी पनि पौडेलले दिनुभयो।