काठमाडौं, ३ वैशाख । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो ।
यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।