निजी विद्यालय पनि बन्द गर्न शिक्षक महासंघको आग्रह

२०८२ बैशाख ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ वैशाख । नेपाल शिक्षक महासंघले निजी विद्यालयहरू पनि  बन्द गरी साथ दिन आग्रह गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई आग्रह गरेको हो ।

विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न आयोजनामा गरेको शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेको जनाउँदै महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य रहेको उल्लेख गरेको छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ । त्यसैगरी आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अनुरोध गरिएको छ ।’

महासंघले आन्दोलनलाई साथ दिन अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, गाउँ तथा नगरपालिका एवं शैक्षिक सरोकार पक्षसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार