प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियो : लिङ्देन

२०८२ बैशाख ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ वैशाख ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका छन् । आइतबार निषेधित क्षेत्र नयाँ बानेश्वरमा प्रदर्शन गर्नुको कारणबारे उनले भनेका छन्, ‘बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो त्यसैले सरकारको नजिकै प्रतिकात्मक प्रदर्शन गरेका हौँ ।’

राप्रपाले तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन आयोग गठन र आफ्ना नेताहरूको रिहाइ गर्न माग गरेको छ । सिंहदारबाट बाहिरिँदै लिङ्देनले भनेका छन्, ‘हाम्रा निर्दोष नेताहरूलाई  रिहाइ गर्न माग गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार