स्याङ्जा ,७ बैशाख । पुतलीबजार नगरपालिका वडा न ३ मा घरमै पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ भएका छन । बिहिबार राताे करिब १० बजे आफ्नै घर अगाडि पार्किङ गरिरहेको मोटरसाइकल चोरी भएको हो ।
पुतलीबजार नगरपालिका ३ ढडुवा स्थित दिपक चन्द्र गौतमको घर अगाडि पार्किङ गरिएको कालो सिल्भर रङ्को ग २४ प ६९१२ नम्वरको २२०f पल्सर मोटरसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।
मोटरसाइकल चोरी गर्नेमा पोखरा महानगरपालिका वडा न २३ पुम्दि भुम्दि बस्ने २९ बर्षका जितु विक र पोखरा महानगरपालिका वडा न २२ घाटिछिना बस्ने १९ बर्षका राम सुनार रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी गर्ने लाई शुक्रबार नियन्त्रण लिइएको छ भने आइतबार स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।