पाल्पामा जिप दुर्घटना हुँदा कालीगण्डकीका एकको मृत्यु,एक गम्भीर

२०८२ बैशाख ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,८ बैशाख । गएराती पाल्पामा जिप दुर्घटना हुँदा जिल्ला स्याङ्जा कालिगण्डकी गा.पा. १ बस्ने बर्ष अन्दाजी १७/१८ की एलीसा सारुको घटना स्थलमै मृत्यु भएको छ ।

पाल्पा जिल्ला बगनासकाली गा.पा. ४ मलेङ स्थिती भित्री कच्ची सडक खण्डमा तानसेनबाट भालेवास तर्फ जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप गएराती अन्दाजी ७:५० बजेको समयमा उकालोमा अचानक ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

सडकमै पल्टिएको जिपमा चालक सहित ९ जना सवार मध्य  पाल्पा जिल्ला बगनासकाली गा.पा. ४ भालेवास बस्ने बर्ष अन्दाजी ३५/३६ की निता दर्लामी अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दर्लामीको लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भैइरहेको छ ।

जिपमा सवार अन्य यात्रुहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरी नियन्त्रण राखी घटना सम्बन्धि थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय