काठमाडौंबाट झापा जादै गरेकाे बस दुर्घटना, आन्दोलनबाट फर्किरहेका २२ शिक्षकहरू घाइते

२०८२ बैशाख १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा,१३ बैशाख । काठमाडौंबाट झापा गइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना हुदा २२ जना यात्रु घाइते भएका छन ।

 घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले जानकारी दिनुभयाे ।

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयाे । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय