क्रान्ति अर्याल
स्याङ्जा ,४ जेठ । विद्यालय शिक्षा प्रणालीलाई विद्यार्थी केन्द्रित, सहभागिता मूलक र नेतृत्व विकासमुखी बनाउने उद्देश्यले विभिन्न उपायहरू अपनाइँदै आएका छन् । यही क्रमलाई अझ प्रभावकारी बनाउन क्वेस्ट नेपालले गल्याङ नगरपालिका भित्रका पाँच विद्यालयका प्रतिनिधिहरूलाई लक्षित गरी विद्यार्थी गुणीय चक्र (SQC) सम्बन्धी अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सम्बन्धित विद्यालयका अध्यक्ष, प्राचार्य तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । क्वेस्ट नेपालका केन्द्रीय सदस्य अशेष भट्टराई र मास्टर ट्रेनर प्रेमराज खरालले सहजीकरण गर्दै (SQC) को अवधारणा, यसको उद्देश्य र विद्यालयमा यसको प्रभावकारी कार्यान्वयनका तरिकाबारे जानकारी दिनुभएको थियो ।
त्यस्तै क्त्तऋ मार्फत विद्यार्थीमा नेतृत्व क्षमता, समस्या समाधान कौशल, समुहमा कार्य गर्ने बानी, उत्तरदायित्व बोध र नैतिकता जस्ता मूल्य र व्यवहार विकास गर्न सकिने उल्लेख गर्नुभयो ।
गल्याङ बजारमा सम्पन्न उक्त कार्यक्रमको समन्वय प्राचार्य दर्बेन्द्र देव खनालले गर्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधिहरूले आफू–आफ्ना विद्यालयमा क्त्तऋ कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त कार्यक्रमले शिक्षण सिकाइको पद्धति परिवर्तन गर्दै विद्यार्थीलाई अझ सक्षम बनाउने अपेक्षा गरिएको छ ।