मौरीपालनमा गल्याङ नगरपालिकाको सक्रियता, किसानलाई रोजगारी र आम्दानीको नयाँ स्रोत

२०८२ जेष्ठ ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा, ४ जेठ । स्थानीय स्तरमा कृषिलाई व्यवसायिक बनाउँदै गल्याङ नगरपालिकाले मौरीपालन प्रवर्द्धनका लागि विशेष कार्यक्रम अघि बढाएको छ । नगरभित्र मौरीजन्य उत्पादन वृद्धिका लागि ‘एक घर एक मौरी’ नीति अन्तर्गत मौरी घार वितरण कार्यक्रम आइतबार गरिएको हो ।

उक्त कार्यक्रममा नगर भित्रका मौरीपालक तथा मौरीपालन गर्न इच्छुक कृषकहरूलाई मौरी गोला र मौरी घार वितरण गरिएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत मौरीपालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा १५५ वटा मौरी सहितका घार र ७५ वटा खाली घार गरी कुल २३० वटा घार वितरण गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले गल्याङ नगरलाई मौरीपालन मैत्री क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै “एक घर एक मौरीको घार” अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । त्यस्तै यसअघि मौरीपालन सम्बन्धी तालिम समेत नगरपालिकाले सञ्चालन गरिसकेको बताउनुभयो ।

कृषकलाई सशक्त बनाउँदै स्थानीय उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले गरिएको यो कार्यक्रमले मौरीपालनलाई व्यवसायिक रूप दिन मद्दत पुग्ने अपेक्षा पालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय