स्थापना दिवसमा विद्याश्रमलाई सहयोग

२०८२ जेष्ठ ६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ५ जेठ । २०५८ सालमा जिल्ला सदरमुकाममा स्थापित रोयल बचत तथा ऋण सहकारी संस्था स्याङ्जाले आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर ३३ जना अध्ययनरत जिल्लाकै एक वेद विद्याश्रमलाई सहयोग गरेको छ ।

सहकारीले आँधीखोला गाउँपालिका वडा नं. २ स्थित काफ्लटारीमा रहेको गुरुकुल बेद विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोग गरेको हो । विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि सरसफाई सामग्री, खाना खान र पानी प्रशोधनमा प्रयोग हुने भाडा, सहित आजीवन सदस्य समेत बनेर सहकारीले सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रोयल सहकारीका अध्यक्ष विष्णु प्रसाद पोखरेलले सहकारीले आफ्नो दैनिक क्रियाकलापका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको बताउनुभयाे । उहाँले सबैको सकारात्मक सहयोग भएमा सामाजिक रुपमा स्थापित आश्रमहरु संचालन गर्न सहज हुने बताउनुभयाे ।

कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नविन ढकाल र सहकारीका सचिव प्रकाश डोटेलले देशका विभिन्न भागमा स्थापित विद्याश्रमलाई सरकारले सक्दो सहयोग नगरेको बताउनुभयाे । सरकारले अपेक्षाकृत सहयोग नगर्दा विद्याश्रम संचालन गर्न असहज बन्दै गएको समेत उहाँले दाबी गर्नुभयाे ।

वेद विद्याश्रम विद्यालयका संस्थापक पुन्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत विद्याश्रमका प्राचार्य रामचन्द्र तिमिल्सिनाले गर्नुभएकाे थियाे भने भने शिक्षक सुबोध ढकालले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

२०६२/०३ देखि संचालनमा आएको विद्याश्रममा हाल कक्षा ६ देखि १० सम्म ३३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । भौतिक संरचनामा सुविधा सम्पन्न बन्दै गएको विद्याश्रम दैनिक कार्य संचालनमा भने आर्थिक अभाब झेल्दै आएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय