काठमाडौँ,७ जेठ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले बुधवार सूचनामार्फत जानकारी दिएको छ ।
नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने भएको योजनाको भनाइ छ । साथै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।