शिक्षा विधेयकलाई अघि बढाउन शिक्षामन्त्रीले मागे एक साताको समय

२०८२ जेष्ठ १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ११ जेठ ।  शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय माग गर्नुभएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले शिक्षकहरुसंग गरेको सहमतिका आधारमा विधेयकलाई अघि बढाउन आफु शिक्षकहरुसंग निरन्तर छलफलमा रहेकाले एक साताको समय माग गर्नुभएको हो । एकसाताभित्र शिक्षकहरुसंग छलफल गरेर त्यसको जानकारी समितिमा गराउने उहाले बताउनुभयो । उहाले सरकारको मन्त्रीको हैसियतले शिक्षकहरुसंग गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । शिक्षक महासंघले ९ बुँदे सहमति भन्दा अघि भएका सहमतिलाई पनि छलफल लैजान जोड दिइरहेको उहाले बताउनुभयो ।

बैठकमा समिति सभापति अम्मरबहादुर थापाले एकसातापछि बस्ने बैठकमा विधेयकका सन्दर्भमा सरकारको स्पष्ट धारणा ल्याउन निर्देशन दिनुभयो । उहाले शिक्षकहरुको माग सुनुवाइ नगर्दा सरकारप्रति आन्दोलन भएको भन्दै अव विधेयकलाई अघि बढाउन ढिलाई गरेर संसदीय समिति विरुद्ध नै आन्दोलन हुने अवस्था सिर्जना नगर्न आग्रह गर्नुभयो ।

यस्तै समितिले आगामी जेष्ट १६ र १७ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय