मोबाईल चोरी गरेको आरोपमा स्याङ्जामा दुई पक्राउ

२०८२ जेष्ठ १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मजुवास्थित चुनी कुमारी मल्लको डेरा कोठाबाट मोबाइल चोरी गरेको आरोपमा पोखराबाट शुक्रबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा आधिँखोला गाउँपालिका ५ चिलाउने भाटी स्थायी घर भएका २१ वर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका ४ स्थायी घर भएका शाहिल गुरुङ रहेका  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी  प्रशन्न राज चाैधरीले जानकारी दिनुभयाे  ।

दुवै जना हाल कास्की पोखरा महानगरपालिका ४ मालेपाटन बस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्याङ्जा जिल्ला अदालतबाट ९ दिनको म्याद थप अनुमति लिई चोरी मुद्धामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी   चाैधरी बताउनुभएकाे  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय