स्याङ्जा,१६ जेठ । भिरकोट नगरपालिकामा रहेकोमा पिस युथ क्लब र प्रहरी चौकी दहथुमको सयुक्त आयोजनामा गणतन्त्र दिवसको दिन बयारघारी बजार सरसफाइ गरिएको छ ।
भिरकोट नगरप्रमुख गोबिन्द कुमार कर्मचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाइमा प्रहरी तथा क्लब प्रतिनिधि स्थानीयहरुको सहभागिता रहेको थियो ।
भिरकोट नगरपालिका वडा नम्बर १ र २ मा रहेको बयरघारी बजारमा बिहान ८:३० बजेदेखि १० बजेसम्म सरसफाइ गरिएको थियो ।