जिल्ला प्रशासन कार्यालय त्रैमासिक कार्यसम्पादनमा स्याङ्जा जिल्ला पहिलो स्थानमा

२०८२ जेष्ठ २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २० जेठ । गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (माघ–चैत्र) कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभर मा नै पहिलो स्थानमा रहन सफल भएको छ।

जिल्लाले कुल १८.५ पूर्णाङ्क मध्ये १८.१२५ अंक प्राप्त गर्दै उत्कृष्टता हुन सफल भएको हो। मूल्याङ्कन शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह, सुशासन, लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन, मुआब्जा वितरण र विकास सहजीकरण जस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो।

यसअघि स्याङ्जा दोस्रो र त्यो भन्दा अघि २७ औं स्थानमा परेको थियो। छोटो अवधि मै उल्लेखनीय सुधार गर्दै २७ औं स्थान बाट दोस्रो र दोस्रो भएको लगत्तै तेस्रो त्रैमासिक मा प्रथम स्थानमा पुग्न सफल भएको छ।

स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलका अनुसार गृह सचिव र प्रमुख जिल्ला अधिकारी बीच भएको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन ले यो सफलता मिलेको बताउनुभएको छ।

तेस्रो त्रैमासिक अवधिमा प्रमुख जिल्ला अधिकारीका रूपमा सुनिता नेपाल रहनुभएको थियो भने उहाँ चैत्र १८ गते सरुवा हुनुभएको थियो। त्यसपछिको समय भने प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नेतृत्व गर्दै आउनुभएको छ । प्रजिअ नेपालले जनमैत्री र प्रकृति मैत्री तवरमा प्रशासनिक सुविधा र सहजताको लागि नागरिकता बालबालिका को क्षेत्रमा र नदीजन्य उत्खनन, विपद् व्यवस्थापन का क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको थियो।

हालमा प्रजिअ अर्याल ले नागरिक मैत्री सेवामा जोड दिँदै प्रशासनबाट सेवा लिएर फर्कने नागरिक मुस्कान सहित फर्कनुपर्छ भन्ने भावना सहित कार्य सम्पादन अघि बढाउनु प्रशासनको जिम्मेवारी लाई महत्व दिनुपर्ने बताउँदै त्यही अनुरूप कार्य गर्न जोड दिनुभएको छ। यसले सेवाग्राही सन्तुष्ट छन् भन्ने वुझिन्छ । जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकार भित्रका काम चुस्त दुरूस्त वनाएर यो उपाधीको निरन्तरता दिने प्रयासमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय