यातायात व्यवसायीकाे आन्दोलन फिर्ता, सञ्चालनमा आए सार्वजनिक यातायात

२०८२ जेष्ठ २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२१ जेठ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय