काठमाडौं ,२१ जेठ । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ ।
बुधबार काठमाडौंको एक पार्टी प्यालेशमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि भाँडिएको हो । बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थीत थिए । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नारावाजी गरेका थिए । बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नारावाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किनुभएको थियो ।
त्यसपछि संयोजक सुवेदीले पहिलोे चरणको आन्दोलनबाट आफु उत्साहित भएको भन्दै छिटै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
सुवेदीले सभा बिसर्जन गरेपछि सोहि स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए ।