कानुन समान भएपनि व्यबहारमा लागू नहुदा जातीय विभेद अन्त्य भएन : उपसभापति गुरुङ

२०८२ जेष्ठ २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२१ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले कानुन समान भएपनि व्यबहारमा लागु नहुदा जातीय विभेद अन्त्य नभएको बताउनु भएको छ ।

नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कानुनमा लेखिएपनी व्यबहारमा परिवर्तन नहुदा जातीय विभेद अन्त्य हुन नसकेको धारणा राख्नुभयो । उहाँले आफ्नै आमालाई दलित छुवाछूतको बिषयमा परिवर्तन गराएको प्रसङ्ग जोड्दै सबैले आ – आफ्नै घरमा छुवाछूतको अन्त्य गर्न व्यबहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “आज पनि कतिपय नेताले दलितले छोएको खान मान्नुहुन्न,अनि हामी नै व्यबहारमा लागू गर्न सकेका छैनौं भने कुरा मात्रै गरेर हुँदैन,त्यसैले सबैले आजैदेखि व्यबहारमा परिवर्तन गरे जातीय छुवाछूतको अन्त्य हुन्छ ।”

दलित भएकै कारण अहिले पनि काठमाडौमा कोठासम्म नपाउने अवस्था रहेको प्रसङ्ग जोड्दै पुर्व कानुन मन्त्री गुरुङले भन्नुभयो “शहरमा त यस्तो छ भने गाउँ-गाउँमा कस्तो होला त्यसैले कानुनले मात्रै हुदो रहेनछ व्यबहारमै परिवर्तन हुनुपर्छ ।” राज्यले दलित कानुन प्रष्टसंग लागु गर्न नसकेको प्रसङ्ग जोड्दै दलितको सन्दर्भमा राज्य नै विभेद भएको उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय