अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन सर्वोच्चको आदेश

२०८२ जेष्ठ २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२१ जेठ । सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले यसअघि तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो।

काभ्रेका अर्जुन लामाको अपहरणपछि २०६२ वैशाख १६ गते हत्या गरिएको थियो। श्रीमानको हत्यापछि पूर्णिमायाले सापकोटासहित माओवादी नेता-कार्यकर्ताविरूद्ध किटानी जाहेरी दिए पनि प्रहरीले लिन मानेन। त्यसविरूद्ध रिट परेपछि २०६४ सालमा जाहेरी दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि पूर्णिमायाले माओवादी नेता सापकोटा, सूर्यमान दोङसमेत ६ जनाविरूद्ध २०६५ साउन २६ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएर अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय