स्याङ्जा २१ जेठ । गल्याङ नगरपालिका–३ बल्पुकमा आज आपसी सहयोग केन्द्रको संयोजनमा द एसिया फाउन्डेसनको सहयोग तथा गल्याङ नगरपालिकाको सहकार्यमा एक दिने विपद् सम्बन्धी जनचेतनामूलक तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ।
तालिममा गल्याङ नगरपालिका वडा ३ का बल्पुक भङ्ज्याङ्गबारी र बरनडाडा बाट गरि सहभागी ४३ जनाको सक्रिय सहभागिता रहेको थियो। तालिममा जलवायु सम्बन्धी विपद् न्यूनीकरण र विपद् तयारीका उपायबारे व्यापक जानकारी दिइएको थियो।
तालिम ASK Nepal का प्रशिक्षकद्वय निशा भट्टराई र छबिलाल भट्टराई (कृषि उपज बजारीकरण सुपरभाइजर) ले सहजीकरण गरेका थिए।
यसैक्रममा गल्याङ नगरपालिकाका ११ वटै वडामा विपद् व्यवस्थापन समिति पुनर्गठन एवं समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि र प्रत्येक वडाका विभिन्न टोलहरूमा जलवायु विपत वन डडेलो र पानी सम्बन्धी जनचेतनामूलक शिविर सञ्चालनकार्य भइरहेको स्रोतले जनाएको छ। यस कार्यक्रमलाई विस्तार गर्दै वालिङ नगरपालिकाका सम्पूर्ण वडाहरूमा पनि सोही ढंगले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना छ।
गल्याङमा सम्पन्न आजको कार्यक्रमले स्थानीयस्तरमा विपद् न्यूनीकरण र सुरक्षित समाज निर्माणको अभियानलाई थप गति दिएको आयोजकको भनाइ छ।