पर्यटन प्रवद्र्धनमा पत्रकार महिलाका् भुमिका महत्वपूर्ण

२०८२ जेष्ठ २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

तारा चापागाई
काठमाडौ,२४ जेठ । पर्यटन प्रवद्र्धनमा पत्रकार महिलाको भुमिका महत्वपूर्ण रहेको नगरकोटका पर्यटन व्यवसायीले बताएका छन् ।

सञ्चारिका समूह नेपालको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा “महिला पर्यटन व्यवसायीको संघर्ष र सफलतामा महिला पत्रकारको भूमिका“ विषयक एकदिने गोष्ठी कार्यक्रममा नगरकोट पर्यटनका व्यवसायीले महिला पत्रकारहरुले कुनै पनि विषयललाइ गहन रुपमा लिने गरेकोले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

कार्यक्रममा नगरकोट नालुङ पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले कुनैपनि पर्यटन क्षेत्रमा महिलाहरुकै बढि उपस्थिती र प्रचार प्रसारमा मुख्य भुमिकामा रहने हुदा महिला पत्रकारहरुले पनि पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण सघाउ पुग्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, सधैभरी पुरुष पत्रकारहरु आउनुहुन्थियो यस पटक महिला पत्रकारहरुको समुह नगरकोट एक साथ देख्दा खुशी लागेको छ, । ,उहाँले कुनैपनि विषयलाइ महिलाले गहन रुपमा लिनुहुन्छ, यसैगरि पर्यटन प्रवद्र्धनमा महिला पत्रकारहरुको भुमिका पनि महत्वपुर्ण हुन्छ भन्ने मलाइ लाग्छ । उहाँले नगरकोटको इतिहास बताउदै पर्यटकिय क्षेत्रमा आउने आगन्तुका लागी रिसोर्ट होटल व्यवसायका साधारण देखि महँगा र सुविधा सम्पन होटल, रेष्टुराँ तथा लजहरू पर्यटकको सेवामा रहेको जानकारी दिनुभयाे ।

अध्यक्ष गुरुङले नगरकोटको समृद्ध पर्यटकीय पृष्ठभूमिबारे जोड दिँदै भन्नुभयाे, “नगरकोटमा धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्व बोकेका थुप्रै पर्यटकीय स्थल, नगरकोट धार्मिक, भाषिक र सांस्कृतिक विविधता रहेको र यस क्षेत्रका धार्मिक सांस्कृतिक ठाँउलाइ एक वा दुइ दिनको बसाइ कम पर्ने हुदा केहि दिन घुमेर मात्र यहाको वास्तविक सौन्र्दयतामा रमाउन सकिन्छ । , यस्ता सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि अबको प्राथमिकता त्यसलाई गहिराइमा पुगि पत्रकारहरूले त्यसको प्रचारप्रसारमा सहयोग गरे नगरकोटको समग्र पर्यटन क्षेत्र थप समृद्ध बन्नेछ भन्ने हाम्रो अपेक्षा हो।” उहाँले भन्नुभयाे, । नगरकोटको भौगोलिक बनावट, हावापानी, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहरहरूलाई मिलाएर गन्तव्य पर्यटनको रुपमा स्थापित गर्ने अपार सम्भावना रहेकोले सञ्चारमाध्यम मार्फत नगरकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्नुभयाे ।

महिला पत्रकारलाइ नगरकोटमा निरन्तर जोडिन र त्यस क्षेत्रको प्रर्वद्धनका लागी आमन्त्रण गर्दै उहाँले पत्रकार महिलाको संस्था सञ्चारीका समुह नेपालले नगरकोटको पर्यटन प्रवद्र्धनमा कार्यक्रम मार्फत भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना पनि दिनुभयाे ।

महिला पर्यटन व्यवसायी व्यवसायी लक्ष्मी गुरुङले आफूले २ रुपैयाँको चियाबाट सुरु गरेको व्यवसाय अहिले करोडको सम्पत्तिमा रूपान्तरण भएको अनुभव सुनाउँदै आत्मीय सेवा, अर्गानिक खाना र स्थानीय संस्कृतिको महत्त्वबारे प्रकाश पार्नुभयाे । महिला पत्रकार संग व्यवसायीकता र पर्यटनको विषयमा छलफल गर्न पाउदा खुशी रहेको लागेको बताउनुभयाे वर्षौ देखि व्यवसायी गर्दै आएकी उहाँले पर्यटन व्यवसायकताले महिलामा आत्मनिर्भर बनाउने दावी गर्नुभयाे ।

वर्षौ देखि पर्यटन व्यवसायीकतामा धेरै अनुभव हासिल गरेकी महिला पर्यटन व्यवसागी रेनु तामाङले पर्यटन व्यवसाय नै उहाँको जिवीकोपार्जनको माध्यम भएको बताउदै उहाँले सोहि व्यवसायमा रमाउने गरेको जानकारी दिनुभयाे । उहाँले चिया पसलबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्रा अहिले रेष्टुरेन्ट र होटलमा परिणत भएको बताउँदै पारिवारिक सहयोग र परिश्रमकै कारण सफल भएको बताउनुभयाे ।

पर्यटन प्रहरी सन्तोष नेपालले नगरकोटमा आउने बाह्य पर्यटकको जिम्मेवारीलाइ गहन रुपमा लिने गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, यहाँ आउने पर्यटकले केहि सामान्य समस्या बाहेक त्यस्तो ठूलो खालको अपराधिक,अप्रिय घटना घटेको छैन् । एकाध पर्यटकका पासपोट हराउने मोवाइल हराउने केहि समस्याहरु आएका छन् त्यसलाइ हामीले समाधन गरेकै छौ । अन्य कुनै जटिल समस्या छैन् ।, नेपालले भन्नुभयाे

त्यस्तै संचारिका समूहको पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले सञ्चारकर्मीहरूका लागि नगरकोटले एउटा फरक अभ्यासको थलो बनेको बताउनुभयाे । उहाँले भन्नुभयाे,“महिला पत्रकारहरू अब केवल घटना कभरेजमा सीमित छैनन्, उनीहरू विश्लेषक, सम्पादक र कहानीकार बन्दैछन्,“ उहाँले सञ्चारिका समुहको नयाँ नेतृत्वले आगामी दिनमा विगत देखि सञ्चारिकाले महिला पत्रकारका लागी गर्दै आएका कामहरुलाइ नविन ढंगले अगाडी बढन सुझाव दिदै सधैभरी सञ्चारीका सहयोग रहने आश्वासन दिनुभयाे ।

कार्यक्रम स्थानिय पर्यटन व्यवसायी र पर्यटन प्रहरी र पत्रकारहरूले पर्यटन प्रवद्र्धनमा ल्याउन सक्ने दृष्टिकोण, डिजिटल मिडिया प्रयोगको सम्भावना विषयमा सगै रिपोर्टिङ पहुँच, दुर्गम क्षेत्रमा चुनौती, र लिङ्गीय पूर्वाग्रहले अवसरहरूमा असमानता सगै पत्रकारका लागि तालिम र फेलोशिपको खाँचो रहेको बताएका थिए ।

कार्यक्रममा सञ्चारी समुह नेपालले ५ वर्षे रणनीतीक योजना तयारीको छलफल समेत गरेको छ । उक्त छलफलमा विज्ञ पुर्व अध्यक्ष बबिता बस्नेत, भिम भूर्तेल, अधिवक्ता सन्तोष सिग्देल। अधिवक्ता लक्ष्मी पोख्रेल लगायतका विज्ञहरुले सञ्चारीकाको योजना बारे सुझाव दिनुभएकाे थियाे ।

सञ्चारिकाका अध्यक्ष कमला पञ्थीले पर्यटन प्रवद्र्धनमा महिला पत्रकार र व्यवसायीको सहकार्यले समावेशी पर्यटन विकासमा योगदान पु¥याउने बताउनुभयाे । उहाँले पर्यटन व्यसायीलाइ पत्रकार महिलाको साथ सदैव रहने विश्वास व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय