प्रधानमन्त्री कीर्तिपुरस्थित टियु क्रिकेट मैदान निरीक्षण

२०८२ जेष्ठ २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि चासो देखाउदै आउनुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगाएत निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराएका थिए । टियु क्रिकेट मैदानको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले टियु क्रिकेट मैदानमा उत्साहपूर्ण ढंगले काम भइरहेको बताउनुभयो । प्याराफिट र फ्लडलाइट जडानको कार्य केहि ढिला भएपनि अव छिटै सम्पन्न हुने उहाको विश्वास छ । प्रधानमन्त्री ओलीले टियु क्रिकेट मैदान नेपालकै गौरवको खेल मैदान भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते पनि सिंहदरबारमा सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिनुुभएको थियो ।

प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । आगामी आर्थिक बर्षमा सरकारले कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय