संसदको गतिरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको छ : प्रचण्ड

२०८२ जेष्ठ २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सवै दलसंग गतिरोध खुलाउने बिषयमा सकारात्मक छलफल भएको बताउनुभएको हो ।

उहाले निकास निकाल्नका लागि माओवादीमात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राख्नुभयो । उहाले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गर्नुभयो ।

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन हुनुपर्ने बिषयमा दलहरुबीच मतभेद हुदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय