प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित

२०८२ जेष्ठ २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२५ जेठ । प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भएको छ ।

आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन् । प्रतिपक्षी दलका सांसदहरुले सदन अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरु बोल्न पाउनुपर्ने भन्दै उठेका थिए । दुई पक्षको होहल्लाकाबीच सभामुख देवराज घिमिरेले सहज रुपमा सदन सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । उहाले सदनको अवरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको आभाष पाएको उल्लेख गर्नुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर सोमबार दिउसो २ बजे बस्ने गरि स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय