पत्रकारले आचारसंहिता पालामा गरिदिए पुग्छ : नगर प्रमुख महर्जन

२०८२ जेष्ठ २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सबिन डोटेल
काठमाडौ,२६ जेठ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरी महर्जनले पत्रकारले आचारसंहिता पालना गरिदिए पुग्ने बताउनु भएको छ ।

सोमबार नगर प्रमुखसंग सञ्चारकर्मी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पत्रकार शन्तराम विडारीले पत्रकार आचारसंहिताको प्रशिक्षण दिने क्रममा नगर प्रमुख महर्जनले पत्रकारहरुले साच्चिकै आचारसंहिता पालना गरे पत्रकारहरुलाइ लाग्दै आएको आरोप स्वत समाप्त भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो “पत्रकारहरुले यत्ति आचारसंहिता पालना गरिदए पुग्छ ।” उहाँले सहि सूचना सम्प्रेषण गर्न सके पत्रकारले समाज बदल्न सक्ने पनि उल्लेख गर्नुभयो ।

अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा पालिका उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रशासकीय प्रमुख इश्वर प्रसाद आचार्य, नगर प्रवक्ता राधाकृष्ण खड्गी लगायत पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय