काठमाडौं ,२७ जेठ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताउनुभएकाे छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताउनुभयाे ।
मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उहाँले जिम्मेवार निकायमा बसेकाहरुले समस्याको बर्णन नभइ समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राख्नुभयाे।
अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरु निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयाे ।