सरकारले ल्याएको बजेटका कतिपय कुरामा चित्त बुझेकाे छैन : सभापति देउवा

२०८२ जेष्ठ २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफुलाई चित्त नबुझेको बताउनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता बिभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफु र पार्टीलाई चित्त नबुझेको बताउनुभएको हो ।

उहाँले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाई गर्न जरुरी रहेको धारणा राख्नुभयो । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछीपी ल्याउने काम बन्द हुने उल्लेख गर्नुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय