विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुले चाहेको बिषय पढ्न पाउने गरि विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार जनकपुरमा राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई इच्छा लागेका बिषयहरु पढ्न पाए उनीहरुले आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले चाहेको बिषय पढ्न पाउने गरि विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले प्रतिभा नभएर नभइ आफुलाई इच्छा लागेको बिषय पढ्न नपाएर विद्यार्थीहरु फेल हुने गरेको जिकिर गर्नुभयो । उहाँले राजर्षि जनक विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरु विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पश्चिमा विश्वविद्यालयहरु नेपालमा भन्दा करिब १८ सय वर्षपछि मात्र स्थापना भएको उल्लेख गर्नुभयो ।

विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको राजर्षि जनक विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय