काठमाडौं ,२८ जेठ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा मन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले उठाएको माग अनूचित भएको बताउनुभएकाे छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै यद्यपि, सदन खुलाउनेबारे छलफल भइरहेको बताउनुभयाे । उहाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने दोहोर्याउनुभयाे । उहाले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराखेको बताउनुभयाे ।
गुरुङले भन्नुभयाे, ‘मन्त्रीले उठेका सबै विषयमा संसदमा आफ्नो धारणा राख्नुभयाे, सरकारको धारणा राख्ने अनि प्रतिपक्षीहरूले संसद् खोलेर सहयोग गर्ने र बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउने कुरा हामीले गरिराखेका छौँ । सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला ।’