काठमाडौँ , २८ जेठ । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक सरेको छ । बुधबार ३: १५ बस्ने गरी प्रतिनिधि सभा बैठक सरेको हो ।
जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका हुन् ।