अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने

२०८२ जेष्ठ २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २८ जेठ ।  अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै आज राति ८ बजेदेखि मतदानको समय राखेको छ ।

दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ ।

मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय