पूजा खड्का
इटहरी ,३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाती र धर्म का आधार मा समाजमा उत्तेजना फैलाउदै लाभ लिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
महामन्त्री थापाले नेपाल तामाङ सङ्घ कोशी प्रदेश इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै जाती र धर्ममा आधारमा उत्तेजनात्मक र निषेधात्मक तरिकाबाट नभई समावेशी, संयम, सदभाब र जिम्मेवार पूर्वक राजनीति गर्नुपर्ने विषयलाई इंगित गर्नुभयो।


महामन्त्री थापाले समाजको विकास र सदभावका लागि एक आपसमा मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएको उल्लेख गर्नुभयो। उहाले कांग्रेस अधिकार दिने चेतना फैलाउने सदभाब सहित पार्टी पनि सुधारिएर अघि बढिरहेको उल्लेख गर्नुभयो।
संविधान संशोधन सबै पार्टीको सहमतिका आधारमा हुने र त्यसको लागि आवश्यक छलफल र अन्तरक्रिया गरेर अघि बढ्ने आफ्नो धारणा राख्दै महामन्त्री थापाले संविधान संशोधनले कुनै पनि समुदाय जाती र व्यक्तिको अधिकार घट्ने नभएर थप सशक्त र बलियो भएर अघि बढ्दै जाने बताउनुभयो। संविधान संसोधन गरेर कसैको अधिकार घट्ने नभई लेखिएको अधिकार बढेर थप परिष्कृत हुँदै अघि बढ्ने जिकिर गर्नुभयो।
थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले कांग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर समावेशी र आवश्यकता हेरिकन न्यायोचित तवरमा अघि बढ्ने दल भएको उल्लेख गर्दै कांग्रेसमा सबै अट्न सक्छन्, कांग्रेस सबैलाई अटाउने क्षमता राख्छ भन्ने जिकिर गर्नुभयो।