मुलुकको शासन र निर्वाचन प्रणालीमा बहस हुन जरुरी छ : सभामुख घिमिरे

२०८२ जेष्ठ ३१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ‌ं ,३१ जेठ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको शासन प्रणाली र निर्वाचन प्रणालीमा बहस हुन जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा बरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन पुस्तक लोकार्पण गर्दै सभामुख घिमिरेले अहिलको शासन प्रणाली र निर्वाचन प्रणालीका बिषयमा बिभिन्न ढंगले टिप्पणीहरु हुँदै आएकाले संविधान संशोधनका क्रममा त्यसमा बहस गर्न जरुरी रहेको बताउनुभएको हो ।

शासन प्रणालीमा अस्थीरता र अपेक्षा गरेका कुराहरु प्राप्त नभइरहदा जनताले शासन गर्ने पद्धतीलाई प्रभावकारी बनाउनुपर्ने उहाले बताउनुभयो । उहाले राजनीतिक दलहरूको भूमिकाको समस्या हो की ? प्रणालीको दोष हो भन्नेमा बढि बिबेचना हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै सभामुख घिमिरेले संघीय संसदलाई प्रभावकारी रुपमा अघि बढाउन देखिएका समस्याप्रति पनि पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय