काठमाडौं,१ असार । ‘सङ्घीय निजामती सेवासम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । विधेयक पेस गर्दै खतिवडाले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताउनुभयो । दुई वर्षको कुलिङ पिरियड राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको उहाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बोलाइएको छ ।