चर्चित यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

२०८२ असार ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ,  ३ असार । नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली काँग्रेस प्रवेश गर्नुभएकाे छ ।

तीन दशकभन्दा लामो समय नेपालको यातायात क्षेत्रमा क्रियाशिल सिटौला आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गर्नुभएकाे हाे । सिटौला यातायात क्षेत्रका चर्चित नेता हुनुहुन्छ ।

सिटौलालाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठलगायतका नेताले पार्टी प्रवेश गराउनुभएकाे हाे ।

कांग्रेस परिवारको पृष्ठभूमीको जन्मेका सिटौला राजनीति भन्दापनि यातायात व्यवसायीको हक, हित र अधिकारको वकालत गर्दै आउनुभएकाे थियाे । उहाँ हाल नेपाल यातायात व्यवसायी महासङ्घको वरिष्ठ उपाध्यक्ष हुनुन्छ ।

कांग्रेस प्रवेशपछि सिटौलाले आफू लोकतान्त्रिक परिवारको सदस्य भएपनि राजनीतिक विचार फरक रहँदाका बखतपनि आफूले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै यातायात क्षेत्रको मुद्दालाई निरन्तर उठाँउदै आएको बताउनुभयाे ।

सिटौला आइतबार आमाबुबाको आर्शिवाद लिएर कांग्रेस प्रवेश गर्नुभएकाे हाे । सिटौलाका बुबाआमा पुराना कांग्रेस हुनुहुन्छ ।

“मलाई मेरो कार्यशैलीका कारण धेरै साथीहरुले तपाईँ नेपाली काँग्रेसको नेता हुनुपर्ने भनी जिज्ञासा राख्ने गर्नुहुन्थ्यो, जुन आज सफल भएको छ, आगामी दिनमा मेरो तनमन नेपाली कांग्रेस र कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायीको संघको संगठन विस्तारमा लाग्नेछु,”– सिटौलाले भन्नुभयाे ।

सिटौलाले आगामी दिनमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद पार्टीको मुल सिद्धान्तलाई आत्मासाथ गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त  गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार