सुन चोरी गर्ने दुई अभियुक्त प्रहरीकाे नियन्त्रणमा

२०८२ असार २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २१ असार । वालिङ नगरपालिकाबाट सुन चोरीका आरोपमा दुई जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर ४ घर भई हाल वालिङ नगरपालिका वडा नम्बर ६ बस्ने  ३४ वर्षका दीपा क्षेत्री र वालिङ नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षका दुर्गा वि क रहेको सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिनुभयो।

वालिङ नगरपालिका वडा नम्बर ६ स्थित थान कुमारी पाण्डेको घरबाट अन्दाजी आधा तोला बराबरको पञ्च रत्ने दुई थान चोरि भएको सूचनाको आधारमा अनुसन्धान गर्दा १९ गते प्रहरीले नियन्त्रणमा लिएको छ ।

 शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि चोरी मुद्धामा कानुनी कारबाही सहित अघि बढाइएको तिवारीले जानकारी दिनुभयो।

घरभित्र पसी मानिसले लगाएका सुनका गहना थुत्ने चोर्ने गर्ने  व्यक्ति हिँड डुल गरेको पाइएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय