पूजा खडका
स्याङ्जा, २१ असार । स्याङ्जामा जिल्ला स्तरीय महिला उद्यमी संघको अध्यक्षमा चन्द्रकला राना चयन हुनुभएको छ भने ११ सदस्यीय समिति गठन भएको छ।
पुतलीबजार नगरपालिका स्थित ब्लुपर्ल पार्टी प्यालेसमा शुक्रबार आयोजित बिशेष कार्यक्रमका बीच महिला उद्यमी समिति गठनको औपचारिक घोषणा गरि सपथ ग्रहण गरिएको सुनिता पौडेल गौतमले जानकारी दिनुभयो।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिता पौडेल गौतम, उपाध्यक्षमा गुनकुमारी राना, महासचिवमा भवानी अधिकारी, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा करुणा पौडेल क्षेत्री कौशिला चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यमा रेबती पाध्या रेग्मी ९रेणु०, सम्झना श्रेष्ठ, हसिना बेगम, सुष्मा श्रेष्ठ, माया गोर्खाली चयन हुनुभएको हो ।
उद्यमी महिला भेला सहितको विशेष प्रशिक्षण र कार्यशाला सहितको कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागी पाकिस्तानी राजदुत अब्रार एच हास्मीले महिलालाई उद्यमसंग जोडिनु पर्ने बताउनुभयो । उद्यम बिकासका लागि नेपालमा धेरै संभावना रहेको जनाउदै उद्यमीहरुलाई उद्यममा लाग्न सुझाव दिनुभयो । उहाले दक्षिण एशियामा नेपालका महिलाको धेरै राम्रो सहभागीता भएको जनाउदै आउदा दिनमा पनि महिला उद्यमीका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पालिका सदैब महिला उद्यमीहरुको साथमा रहेको भन्दै सधै साथ र सहयोग गर्ने र महिला उद्यमीको हक हितका लागी आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, महिला उद्यमी महासंघ गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मी लगायतले शुभकामना मन्तब्य सहित महिला उद्यम का बारेमा सलख सुझाब र सहयोग को लागि लागि पर्ने बताउनु भएको थियो।।
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तृतीय उपाध्यक्ष बसन्ती प्रधानले धन्यवाद ज्ञापन र कार्यक्रम मनोज तिमिल्सिनाले संचालन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न पेशा, ब्यवसाय तथा उद्यममा संलग्न महिला लगायत विविध पदीय व्यक्तिहरूको उल्लेखनिय सहभागिता रहेको थियो।