मुलुकको अर्थतन्त्र सुधार हुदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको : अर्थमन्त्री पौडेल

२०८२ असार २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले पछिल्लो तथ्याङ्कलाई हेर्दा मुलुकको अर्थतन्त्र सुधार हुदै देखिएको भन्दै अव मुलुकमा केहि भएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको हो । सवै राजनीतिक पार्टीहरु, समाजका सवै क्षेत्रहरु निराशा बाढ्ने अवस्थाबाट बाहिर निस्कनुपर्ने उहाले बताउनुभयो ।

पौडेलले सरकारले मुलुकको आर्थिक अवस्थाका बारेमा निरन्तर तथ्याङ्क सार्वजनिक गरिरहेको भन्दै तथ्याङ्कलाई कसैले तोडमोड गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाले आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए बजेटमा टेक एन्ड पेको विषयमा सरकारले स्पष्ट पारेको र विद्युत उत्पादनपछि खरिदको सुनिश्चितता गरेको बताउनुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले ल्याएको बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सके आर्थिक समस्या समाधान भएर जाने बताउनुभयो ।

आर्थिक सुधार आयोगको सुझावलाई अधिकतम समावेश गरेको बजेट आएकाले निजि क्षेत्र उत्साहित नै रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघले केहि पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार