कल्पना भट्टराई
काठमाडौ,२७ असार । नेपालमा रोजगारी नभएको भन्दै दिनहुँ नेपाली वैदेशिक रोजगारीमा गैइरहेका बेला रोजगारीको सिलसिलामा नेपालमा ७४ देशका नागरिक आएको तथ्यांक भेटिएको छ ।


श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अनुसार हाल नेपालमा ७४ देशका २ हजार ५ सय ११ जना बिदेशी नागरिक रोजगारीको सिलसिलामा आएको तथ्यांक भेटिएको हाे । विभागका सूचना अधिकारी मणिनाथ गोपका अनुसार चिनका १ हजार ६ सय ३९ जना, बेलायतका १ सय १४ जना, जापानका १०० जना, अमेरिकीकाका ८० जना, कोरियाका ७५ जना र भारतका ५६ जना कामदार रहेका छन् ।
विशेष गरी ठूला परियोजनामा रोजगारदाताले दक्षप्राविधिक तथा योग्य जनशक्ति नेपालबाट आपूर्ति हुन नसक्दा बिदेशबाट कामदार ल्याई श्रम ईजाजत लिने गरेको विभागका महानिर्देशक चक्र पाणी पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा उपलब्ध नभएको जनशक्ति मात्रै बिदेश बाट आएको छ ।”