पुतलीबजारको पुँजीगत ८० र चालु ८७ प्रतिशत खर्च

२०८२ असार २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २८ असार । पुतलीबजार नगरपालिकाले पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय प्रगति सार्वजनिक गर्दै नगरपालिकाले ७९ दशमलब २९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।

नगरपालिकाले पुँजीगत शिर्षकमा विनियोजन गरेको ७४ करोड ९६ लाख ९१ हजारको झण्डै ८० प्रतिशत अर्थात ५९ करोड ४३ लाख ९८ हजार ५ सय १८ रुपैयाँ खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगतिमा जनाएको छ ।

नगरपालिकाद्धारा चालु शिर्षकमा विनियोजित ५९ करोड ६३ लाख ६५ हजार ४ सय १५ रुपैयाँको ८६ दशमलब ७३ प्रतिशतले हुन आउने ५१ करोड ७२ लाख ५७ हजार ४ सय २७ रुपैयाँ खर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताउनुभयाे ।

पुतलीबजारको समग्रमा वित्तीय प्रगति भने ८२ दशमलब ५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाको कुल बजेट १ अर्ब ३४ करोड ६० लाख ५६ हजार ४ सय १५ रुपैयाँ मध्ये १ अर्ब ११ करोड १६ लाख ५५ हजार ९ सय ४६ रुपैयाँ खर्च गरेको सार्वजनिक वित्तीय प्रगतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय